TodayPati

जसपाद्वारा राजविराजमा मसाल जुलुस प्रदर्शन

शुभ नारायण यादव-
सप्तरी ,पुस ११ गते ।

प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गरेर ल्याएको असंवैधानिक कदमकाे विरुद्धमा आज सप्तरीको राजविराजमा बृहत मसाल जुलूस प्रर्दशन गरेकाे छ ।

राजविराज स्थित शिव मन्दिरको प्राङगणबाट सयाैंकाे सहभागितामा निकालिएको बृहत् मसाल जुलुस नगरकाे विभिन्न भागकाे परिक्रममा पश्चात् जनअान्दाेलन चाेकमा पुगेर विराेध सभामा परिणत भएको थियाे ।

Sponsored

साे विरोध कार्यक्रममा जसपा नेपालका महिला संघ केन्द्रीय उपाध्यक्ष किरण साह , प्रदेश महिला संघकि उपाध्यक्ष गीता यादव ,रमिला साह , राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिनोद कुमार मंडल , सप्तरी जिला अध्यक्ष महेश कुमार यादव , युवा नेताहरु केदार यादव , विपिन सिंह ,सुधिर यादव लगायतका बक्ताहरुले केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारीकाे असंवैधानिक कदमकाे बिरोध गरेका थिए ।

सन्सद विघटनपछि जसपा नेपालले सप्तरी सहित तराई मधेशका विभिन्न जिल्लाहरुमा दिनहु बिराेध प्रदर्सन गर्दै अाइरहेका छन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *