TodayPati

पत्नी जुली ओली पक्षमा लागेर मन्त्री बनिन्,महासेठ कुन पक्षमा जाने भन्ने अन्यौलमै, प्रचण्डसंग भेटे

टुडेपाटी-
जनकपुरधाम, पुस ११ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य रघुवीर महासेठले  कुन पक्षमा जाने भन्ने अन्यौलमै रहेका छन् । उनले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसंग भेटेका छन् ।

भेटमा महासेठले अाफू कुन पक्षमा जाने भन्ने विषयमा  दुई/तीन दिनमै टुंगो लगाउने बताएका छन्  । संसद विघटन पश्चात् महासेठकी पत्नी नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य जुली महतो प्रधानमन्त्री केपी शर्मा अोलीको पक्षमा सुरुदेखि नै छन् ।

Sponsored

महतो शुक्रबार  प्रधानमन्त्री ओलीको मन्त्री मण्डलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मन्त्री बनेकी छन् । तर महासेठ अझैसम्म अनौलम‌ै छन् ।

महासेठ  यसअघि पुस ७ गते  प्रचण्ड – नेपाल समूहको  स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा उपस्थित भएका थिए । तर महासेठ ९ गतेको केन्द्रीय कमिटीको बैठकमा भने उपस्थित भएनन्।


महासेठले प्रचण्डले  बोलाएपछि भेट गर्नका लागि आफू पेरिसडाँडा गएको बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *