TodayPati

सर्लाहीमा ठेकेदारले कमिसनको चक्करमा बलजफ्ती गरेको कालोपत्रे दुईदिन नबित्दै उप्कियो

टुडेपाटी-
सर्लाही, पुस ११ गते ।

सर्लाहीको बरहथवा बजारबाट दुई किलोमिटर पश्चिममा रहेको पन्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालय हजरियासम्मको सडक कालोपत्रे भएको दुई दिनमै उप्किएको छ । सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियाको सडकमा गरिएको कालोपत्र दुई दिन नबित्दै उप्किएको हो ।

आफूहरुले नगर्नभन्दा पनि ठेकेदारले जबरजस्ती गरेका कारण कालोपत्रे काम पूरा नहुँदै उप्किएको वडा नं. २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले बताए । उनका अनुसार प्रहरी लगाएर पटक–पटक रोक्दासमेत ठेकेदारले बलजफ्ती कालोपत्रे गरेका थिए ।

Sponsored

बरहथवास्थित एमएसके लाइट कन्स्ट्रक्सकनले​​ भ्याटसहित ६५ लाख रुपैयाँमा आर्थिक वर्ष २०६६र०७७ को असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी करिब एक किलोमिटर सडकको कालोपत्रे ठेक्का सकारेको थियो ।

तर कोरोना कहरका कारण कालोपत्रे गर्न ढिलाइ भएको पनि थियो । सडक निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा ठेकेदारलाई २८ लाख रुपैयाँ भुक्तानी दिएको बरहथवा नगरपालिका योजना शाखाले जनाएको छ ।

नगरको योजना शाखाका प्रमुख एवं नगरपालिकाका सूचना अधिकारी कमलप्रसाद पौडेलले हजरियाको सडकमा गुणस्तरहीन कालोपत्रे भएको गुनासो आएको बताए । गुणस्तरहीन काम भएको र नगरपालिकासँग भएको सम्झौताअनुसार गुणस्तरीय काम नभएसम्म बाँकी भुक्तानी नगरिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

Sponsored

सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार सुरेश कार्कीले कालोपत्रेको काम निर्माणकै चरणमा रहेको बताएका छन् । ‘काम पूरा भएकै छैन, हस्तान्तरण नहुन्जेल हामी बनाइहाल्छौँ,ु उनले भने ।

बनाइरहेको सडकमा क्षमताभन्दा बढी लोडका टिपरलगायत अन्य सवारी गुड्ने गरेका र तापक्रम कम भएकाले कालोपत्रे उप्किएको उनले तर्क गरेका छन् । तर यता स्थानीयबासीले भने कर्मचारी, जनप्रतिनिधि र ठेकेदारले कमिसनका कारण कमसल सामग्रीको प्रयोग भएकाले यस्तो भएको उनले जिकीर गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *