TodayPati

जुली महतो बनिन् महिला बालबालिका मन्त्री र प्रभु साह शहरी विकास

टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।

प्रदेश २ बाट मन्त्रीमण्डलमा दुईजना सहभागी भएका छन् । नेकपा केन्द्रिय सदस्य जुलि महतो महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् भने नेकपा केन्द्रिय सदस्य तथा प्रदेश नं.२ अध्यक्ष प्रभु साह शहरी विकास मन्त्री बनेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा अोलीले महतो र साहसहित ७ मन्त्री नियुक्त गरेका हुन् । जसमा पूर्व माअोवादीबाट अोली पक्षमा गएका ५ जना मन्त्री मण्डलमा सहभागी बनेका छन् ।

Sponsored

गएको पुस ५ गते प्रधानमन्त्री अोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिएका थिए ।

मन्त्रीमण्डलमा सहभागी भएका प्रभु साह नेकपा माअोवादी स्थापनाकालदेखि प्रचण्डसंगै थिए । तर मन्त्रीको लोभमा उनी अोली पक्षमा लागेर अाफ्न कित्ता क्लियर गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *