प्रभु साह सहित पुर्व माओवादीका तीनजना नेता मन्त्री बने , केही बेरमै सपथ ग्रहण
टुडेपाटी
काठमाडौँ, पुस १० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।
थपिएका नयाँ मन्त्रीहरुको अहिले केही बेरमै राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पुर्व माओवादीबाट आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्।
साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको स्रोतले बतायो।
Sponsored
साह केही दिनअघिसम्म प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।
प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो।
पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा पर सारेका छन्। नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दियो।