जसपाले जनकपुरमा प्रधानमन्त्री ओली र राष्ट्रिपति भण्डारीको पुतला जलाइयो
टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।
जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको जनकपुरमा पुतला जलाइएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले असंवैधानिक रुपमा गरेको संसद विघटनविरुद्ध जसपाले शुक्रबार जनकपुरको मुरलीचोकमा पुतला जलाइएको हो ।
जसपाले केन्द्रीय कमिटीको सर्कुलर अनुसार प्रदेश २ अस्थायी राजधानी जनकपुरको नगर परिक्रमा गरी मुरलीचोकमा नेता तथा कार्यकर्ताहरुले पुतला जलाएको जसपा जिल्ला कार्य समिति धनुषाले जानकारी दिएको छ ।
विरोध कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर, प्रतिनिधिसभा पुनर्स्थापना गर, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद सहितको नारा समेत लगाएका हुन् ।
पुतला दहन कार्यक्रममा जसपाका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियोे । जनता समाजवादी पार्टीको केन्द्रीय कमिटीको सर्लकुलर अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते जिल्लाभर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
Sponsored