संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्ष उत्रे सडकमा
टुडेपाटी-
काठमाडौं, पुस १० गते ।
नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडकमा उत्रेका छन् ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रेका हुन् ।
माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।
विराेधमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत शीर्ष नेता सहभागी छन् ।
माइतीघर मण्डलामा भेला भएर नेकपाका याे पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगमा जाने र दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेकाे नेताहरुले बताएका छन्।
Sponsored
बिहीबार बसेकाे प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको थियो ।