ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल
टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ । बालुवाटारमा जारी केन्द्रीय कमिटीको तेश्रो बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।
सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् ।
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणी थापा र सुदूरपश्चिम पदेशका लागि लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जनवर्गीय संगठनमा टोपवहादुर रायमाझी र राजधानी उपत्यकामा कृष्णगोपाल श्रेष्ठ इन्चार्ज बनेका छन् ।
Sponsored