TodayPati

नेकपाको ओली समूहले पनि प्रचण्डलाई गर्‍यो कारबाही, कार्यकारी अध्यक्षबाट हटायो

टुडेपाटी-
काठमाडौं, पुस ९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले दिएको जिम्मेवारी पूरा नगेको भन्दै अध्यक्ष प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

Sponsored

पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि प्रचण्डले एकताको काममा कुनै ध्यान नदिएको भन्दै कारबाही गरिएको घोषणा गरिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

यसअघि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले संसद ‘कू’ गर्ने ओलीको कदम असंवैधानिक ठहर गर्दै उनलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो । ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले पनि कारबाही बमोजिम प्रचण्डलाई कार्यकारी अध्यक्षको पदबाट हटाएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *