TodayPati

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी, निभाउने प्रयास जारी

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

जनकपुरको शिवचोकस्थित मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ ।जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा आगलागी भएको हो ।

बिहीबार विहान करिब १० बजे भएको आगलागी अझै नियन्त्रण्मा आउन सकेको छैन । स्टोरको दोस्रो तल्लामा एक्कासिमा आगलागी भएको स्थानीयले बताएका छन् । अहिले जनकपुर विमानस्थल, महोत्तरीको जलेश्वर नगरपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र धनुषाधाम नगरपालिकाबाट खटिएको वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

Sponsored

आगो नियन्त्रणका लागि नेपाल तथा सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत खटिएका छन् । जनकपुर उपमहानगरपालिकाको कार्यालयनजिकै भीषण आगलागी हुँदासमेत उपमहानगरपालिकाको वारुण यन्त्रण नपुगेपछि स्थानीय मेयर लालकिशोर साह तथा उपमेयर रिता झाविरुद्ध नाराबाजी समेत गरेका थिए । आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *