TodayPati

नेकपा दुवै समुहको केन्द्रीय समिति बैठक आज पनि बस्दै

टुडेपाटी-
काठमाडौं, पुस ९ गते ।

संसद् विघटनपछि दुइकितामा ध्रुवीकरण भएको नेकपाको  दुई समुहको भेला आज पनि हुँदैछ ।

ओली र प्रचण्ड-माधव पक्षले आज  एकैदिन छुट्टाछुट्टै केन्द्रीय समिति  बैठकलाई निरन्तरता दिने भएका छन्।

Sponsored


नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे बबरमहलमा बैठक बस्दैछ  । उ प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले भने आजको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम लिएर तल्लो तहसम्म जाने निर्णय गर्ने जानकारी दिए ।

यस्तै  प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेका छन् ।

ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घाेषणा गर्ने जानकारी दिए । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *