TodayPati

प्रदेश २ मा नेकपाको प्रचण्ड-नेपाल पक्ष बलियो, कुन सांसद कसको पक्षमा ?

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

प्रतिनिधिसभा विघटन पश्चात् देशव्यापी रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई लिएर प्रचण्ड- नेपाल पक्षले नेकपा केन्द्रीय समितिको बहुमतबाट उनलाई अनुशासनको कारबाही गरि पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट पनि हटाएका छन् ।

प्रचण्ड-नेपाल र अोली पक्षले अाफु बैध रहेको दावी गर्दै केन्द्रीय समिति, प्रतिनिधि सांसद, प्रभावशाली नेता, प्रदेश सांसद अा- अाफ्नो पक्षमा रहेको दावी गर्दै छुट्टाछुट्टै भेला, बैठक गर्ने गरेका छन् । नेकपाको केन्द्रमा विवाद चुलिएपछि त्यसको असर प्रदेशहरुमा पनि परेको छ ।

Sponsored

प्रदेशहरुमा पुष्पकमल दाहाल (प्रचण्ड)-माधव नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही शासनको रूपमा व्याख्या गरेका छन् भने ओली पक्षधर सांसद उनको बचाउमा उत्रिएका छन् । 

प्रचण्ड-नेपाल र ओली समूहका नेताहरु  सांसदलाई आ-आफ्नो पक्षमा तान्न सक्रिय भएका छन् । 

प्रदेश २ मा नेकपाको ३२ प्रदेश सांसद छन् । जसमा प्रदेशसभामा तत्कालीन एमालेबाट २१ र पूर्वमाओवादीबाट ११ जना सांसद छन् । यो प्रदेशमा प्रचण्ड- नेपाल पक्ष बलियो देखिएको छ । जसमा पूर्वमाओवादीका ११ सांसद प्रचण्ड र पूर्व एमालेका ८ जना नेपाल पक्ष गरि १९ जना रहेको नेकपाकै एक संसादले बताए ।

Sponsored

यस्तै ओली समूहका १३ जना सांसद छन् । 

माओवादीबाट कुन्दनप्रसाद कुशवाहा, दिलिपकुमार साह, प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, मोहम्मद समीर, रामकुमार यादव, रामचन्द्र मण्डल, जगतप्रसाद यादव, रुबीकुमारी कर्ण र ज्वाला कुमारी साह रहेका छन् ।

यस्तै, नेपाल समूहबाट अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, मन्जुकुमारी यादव, शत्रुधन महतो, बेची लुंगेली, हसिमा खातुन, रविन्द्र बैठा र प्रमोदकुमार यादव रहेका छन् । 

त्यस्तै, ओली समूहबाट सत्यनारायण मण्डल, सुन्दरबहादुर विश्वकर्मा, त्रिलोकी प्रसाद, अनिता कुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी, नागेन्द्र राय यादव, मनोजकुमार सिंह, शारदा थापा, लगनलाल चौधरी, सीता गुरुङ, दिल्लीप्रसाद उप्रेती र मदनसेन श्रीवास्तव रहेका छन् । 

यद्यपि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा फरक किसिमको अन्तरविरोध रहेकाले तत्काल आँकलन गर्नु उपयुक्त नहुने प्रचण्ड पक्षका सांसद रामचन्द्र मण्डलले बताए । केही दिनपछि मात्र वास्तविक कुरा यकिन गर्न सकिन्छ उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *