TodayPati

ओलीलाई हटाएर नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

टुडेपाटी-
काठमाडौं, पुस ८ गते ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् । नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षले कार्यकारी अध्यक्ष प्रचण्डलाई पार्टीको संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधवकुमार नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

Sponsored

नेपालले अध्यक्ष प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।

प्रचण्ड नेपाल पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव पेश गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए ।

Sponsored

नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले चयन भएको घोषणा गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *