TodayPati

प्रदेश २ : ओली समूहमा थप ९ जना केन्द्रीय सदस्य

टुडेपाटी-
पर्सा, पुस ८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा पर्साका ९ जना नेता कार्यकर्ता परेका छन् ।​ सगोलको नेकपाको पर्सा जिल्ला अध्यक्ष प्रभु हजारासहित ९ जना नेता कार्यकर्ता ओली समूहको नेकपामा केन्द्रीय सदस्य बनेका हुन् ।

सगोलको नेकपाको आमन्त्रित केन्द्रीय सदस्य निर्मला देवकोटाबाहेक केन्द्रीय सदस्य बनेका अन्य सबै नयाँ केन्द्रीय सदस्य भएको उनीहरूले खुलासा गरे । केन्द्रीय सदस्य बन्नेहरूमा संविधानसभाका सदस्यहरू राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनेद अन्सारी, र प्रद्युमन चौहान पनि परेका छन् ।

Sponsored

त्यसैगरी, संगोलको नेकपाको वीरगञ्‍ज महानगरपालिकाका सचिव डा। विश्वम्भर शर्मालगायत विना शर्मा मारवाडी र नेशनल मेडिकल कलेजका एमडी बसुरुद्दिन अन्सारी रहेका छन् ।

साविकमा केन्द्रीय सदस्य रहेका नागेन्द्र चौधरी, उर्मिला अर्याल, रामचन्द्र साह भने प्रचण्ड र माधव गुटबाट विचलित भएका छैनन् । उनीहरू साबिकदेखि नै माधव नेपालको भक्त भएको जिल्लाका कम्युनिष्ट नेताहरूको दाबी छ ।

नयाँ बनेका केन्द्रिय सदस्यहरु पार्टीमा पहिलेदेखि निरन्तर खटिरहेका नेता कार्यकर्ता पनि भएको र अवसरबाट वञ्चित पनि परेको जिल्लाका कम्युनिष्ट कार्यकर्ताले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *