TodayPati

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा

टुडेपाटी-

काठमाडौं, पुस ८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने भएका छन् । 

Sponsored

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बुधबार सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । 

संवैधानिक इजलास शुक्रबारको लागि तोकिएको छ । 

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । त्यसमध्ये एउटा रिट पहिल्यै संवैधानिक इजलासका लागि दर्ता भएको थियो । 

Sponsored

नेकपाका सांसद् र कानुन व्यवसायीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै बदरको माग राखी रिट हालेका छन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *