TodayPati

नेकपा केन्द्रीय कमिटीको बहुमतले ओलीलाई अध्यक्षबाट हटायो, नयाँ अध्यक्ष बने माधव नेपाल

टुडेपाटी-
काठमाडौं, पुस ७ गते ।

संसद विघटन गरेको कारबाही स्वरुप नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएको छ ।
अोलीलाई हटाउदै बैठकले अध्यक्ष पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई नचयन गरेको हो ।

बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो ।
नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम रहेको बताइएको छ भने आज मंगलबार बबरमहलमा जारी सो बैठकमा ३०० भन्दा बढि सदस्यहरु उपस्थित रहेको बताइएको छ।

Sponsored

सो बैठकले ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट हटाएको हो।

वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *