TodayPati

प्रधानमन्त्री ओलीको समर्थनमा जनकपुरमा मोटरसाइकल र्‍याली

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जनकपुरमा मोटरसाइकल र्‍याली निकालिएको छ । आइतबार ओलीले संसद विघटन गरेको समर्थन जनाउँदै नेकपाका नेता महेश बस्नेतको अगुवाइमा प्रदेश २ का युवा संघले मंगलबार दिउँसो जनकपुरमा विभिन्न नारा लगाउँदै मोटरसाइकल र्‍याली निकालेको हो ।

जनकपुरको मुजेलियाबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ । केही बेरपछि उनीलगायत प्रदेश स्तरिय युवा संघका नेताहरूले उद्योग वाणिज्य संघको हलमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Sponsored

बदलिँदो परिवेशमा युवा संघ कुन तरिकाले अगाडि बढ्ने विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरिएको नेता बस्नेतले बताए ।

उनले कार्यकर्ताबीच भने, ‘दुई नम्बर प्रदेशमा नेकपा कमजोर छ, केपी ओलीको पक्षमा जनमत छैन भन्नेहरूलाई हामी काउन्टर दिन चाहन्छौँ । युवाहरूको तर्फबाट यो बैठक कास्टिङ मात्र हो ।’

युवा संघको कार्यक्रममा सहभागी हुन नेता बस्नेत सोमबार जनकपुर आएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *