TodayPati

प्रचण्ड-माधव समूहका ११४ सांसद हस्ताक्षर रिट लिएर पुगे सर्वोच्च अदालत

टुडेपाटी-
काठमाडौं, पुस ७ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका नेताहरू १ सय १४ जना सांसदको हस्ताक्षरसहितको रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघट्न असंवैधानिक रहेको उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै प्रचण्ड-माधव समूहका नेताहरू भीम रावल, देव गुरुङ, कृष्णभक्त पोखरेलसहित सर्वोच्च पुगेका हुन् ।उक्त रिट दर्ता भएको शशी श्रेष्ठले जानकारी दिइन् ।

Sponsored

उक्त रिट दर्ता भएको शशी श्रेष्ठले जानकारी दिइन् ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *