TodayPati

प्रदेश २ सहित सातै प्रदेशमा भोलि ओली समूहको एकसाथ भेला

टुडेपाटी-
काठमाडौं, पुस ७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।

बुधबार दिउँसो एक बजे नेकपा ओली समूहले सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

Sponsored

आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *