TodayPati

आज औपचारिक रुपमै नेकपा फुट्दै, संवैधानिक संकट नजिकिंदै

टुडेपाटी

काठमाडौं, पुस ७ गते ।

नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरेपछि त्यसको प्रदिवादमा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले आज औपाचारिक रुपमै नेकपा विभाजित हुने देखिएको छ ।

Sponsored

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी मध्यावधि निर्वाचन मिति घोषणा गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद निर्णायक चरणमा पुगेको छ ।

आज ओली र प्रचण्ड–माधव नेपाल पक्षको आआफ्नै केन्द्रीय समिति बैठक बोलाइको छ । यसले नेकपा फुटको औपचारिक कसरतहरु सुरु गर्नेछन् ।

पार्टीका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित सोमबार जारी गरिएको विज्ञप्तिमा अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न आज १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी थियो ।

Sponsored

सोमबार प्रधानमन्त्रीले आफू निर्वाचित र कार्यकारी अध्यक्ष भएको भन्दै नेकपाको आधिकारिक निर्णयमा आफ्नो मात्र हस्ताक्षर हुनुपर्ने बताएका थिए । ओली पक्षीय केन्द्रीय समिति बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा ओली पक्षले प्रचण्डलाई कारबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाउने तयारी गरेको बताइएको छ । दुवै पक्षले पार्टी फुटाउने अन्तिम तयारी गरे पनि कसले पहिले घोषणा गर्ने भन्ने मात्र बाँकी छ ।

यो काम पनि सम्भवतः मंगलबार दुवै पक्षको बैठकबाट हुनेछ ।

नेकपा विभाजनसँगै मुलुक गम्भीर राजनीतिक र संवैधानिक संकटको सुरुङमा फस्ने सम्भावनाहरु देखिएका छन् ।

जुन अहिले आकलन गरिएका भन्दा निकै फरक हुनेछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *