TodayPati

सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि निर्वाचनमा जानुको विकल्प रहेन : प्रम ओली

टुडेपाटी-
काठमाडौं, पुस ६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि बाध्य त्यस दिशामा जानुपरेको बताएका हुन् ।

Sponsored

उनले सरकारलाई काम गर्न नदिनेगरी घेराबन्दी गरेर काम गर्न नदिएको बताए ।

‘जननिर्वाचित सरकारलाई असहयोग, घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन’, प्रधानमन्त्री ओलीले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *