TodayPati

प्रतिनिधि सभा विघटन विरुद्ध अहिलेसम्म सर्वाेच्चमा १० वटा रिट

टुडेपाटी-
काठमाडौं, पुस ६ गते ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरुद्ध १० वटा रिट परेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अहिलेसम्म १० वटा रिट परेको र सबै रिट दर्ता प्रक्रियामा रहेको छ ।

उनले भने, ‘हालसम्म कुनै पनि रिट दर्ता भएको छैन रिट आउने प्रक्रिया जारी छ अहिले सम्म १० वटा आएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपति समक्ष गरेका थिए ।

Sponsored

राष्ट्रपति भण्डारीले हिजै प्रतिनिधि सभा विघटन गरी वैशाख २३ र २७ गते चुनावको घोषणा गरेकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *