सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ३ को कार्यालयमा तालाबन्दी र धर्ना
टुडेपाटी-
सप्तरी, पुस ६ गते ।
सप्तरीको बोदे बर्साइन नगरपालिकाको वडा नं. ३ कार्यालयमा स्थानीयबासिन्दाले तालाबन्दी गरेका छन् ।
वडामा रहेको सार्वजनिक पोखरी कुनै सूचना नै ननिकाली मनोमानी ढंगले ठेक्का लगाएको भन्दै स्थानीयले आइतबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गैरकानुनी तरिकाले लगाएको सार्वजनिक पोखरी ठेक्का रद्द गर्न माग गर्दै उनीहरुले कार्यालयमा धर्ना समेत बसेका छन् ।
ठेक्का रद्द नभएसम्म तालाबन्दी जारी राख्ने धर्ना बसेका स्थानीय मोहम्मद मुमताजले जानकारी दिए ।
Sponsored