TodayPati

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमप्रति नेकपा धनुषाको घोर भत्र्सना

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रहार गरेको नेकपा धनुषाले जनाएको छ ।

नेकपा धनुषाका सचिव दिपक यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको कदम अधिनायकवाद र निरंकुश तानाशाही कदम रहेको ठहर गरेका छन् ।

Sponsored

सचिव यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको कदमप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपा धनुषा जिल्ला कमिटी घोर भत्र्सना गर्दछ ।’ उनले प्रधानमन्त्री ओलीले चालेको कदम तत्काल सच्याउन माग गरेका छन् ।

सचिव यादवले अपिल गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीले चालेको कदम नसच्याइएमा जनताको त्याग, तपस्या र बलिदानको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गम्भीर संकटमा परेकोले फेरि पनि यसको रक्षाको निम्ति तयार रहन पार्टीका नेता, कार्यकर्ता, बुद्धिजिवी, व्यापारी, नागरिक समाज, मानवअधिकारकर्मी, संचारकर्मी लगायत सम्पूर्ण जनसमुदायमा अपिल समेत गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *