विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ सांसद सर्वोच्च अदालत जाँदै
टुडेपाटी-
काठमाडौं, पुस ६ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै सोहि सभामा सांसद रहेका नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जाने भएका छन् ।
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार उनीहरुको तर्फबाट आज सोमबार नै गोबिन्द बन्दी लगायत अधिवक्ताहरुले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।
सुरेन्द्र पाण्डे, देव गुरुङ, कृष्णभक्त पोखरेललगायतका नेताहरुले सो प्रक्रियाको अगुवाई गरेका छन् ।