TodayPati

दहेज प्रथाविरुद्ध जनकपुरमा ११ जोडीको सामूहिक आदर्श विवाह (फोटो फिचर)

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, पुस ५ गते ।

जनकपुरमा ११ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विवाहपञ्चमीको अवसरमा आइतबार जानकी मन्दिर परिसरमा ११ जोडीको सामूहिक आदर्श विवाह भएको हो ।

विश्व हिन्दू परिषद् नेपालले आयोजन गरेको सामूहिक आदर्श विवाहमा धनुषा लगायत अन्य जिल्लाका दुल्हा तथा दुल्हीले विवाह गरेका हुन् ।

Sponsored

विवाहको सम्पूर्ण खर्च विश्व हिन्दू परिषद् नेपालले गरेको रिषद्का धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताए ।

समाजमा रहेको दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले ११ जोडीको सामूहिक आदर्श विवाह गराइएको हो ।

This image has an empty alt attribute; its file name is samuhik-vivah-janki-temple-3-1024x473.jpg

त्रेता युगमा पनि राम र सीताको आदर्श विवाह भएको तर, बर्तमानमा दाइजो प्रथाले समाजमा व्याप्त विकृति, हत्याहिंसा, छोरीप्रति विभेद बढेकाले त्यसको न्युनिकरण गर्ने अठोट सहित संघले आदर्श विवाह गर्ने जोडीहरुलाई आफ्नै खर्चमा विवाह गराएको संघका अध्यक्ष साहको भनाइ छ ।

Sponsored

सामूहिक विवाह हेर्न जानकी मन्दिरमा सर्वसाधारणको घुइँचो लागेको थियो । विवाह अघि ११ जना बेहुलालाई रथमा चढाएर नगर परिक्रमा गराइएको थियो । तत्पश्चात जानकी मन्दिरमा सामुहिक सोयम्बर तथा विवाह गरिएको छ ।

तस्बीरहरु : सौजन्य पत्रकार कुल्दीप दास

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *