TodayPati

संसद विघटन विरुद्ध प्रदेश २ का सबै जिल्लामा प्रदर्शन, सप्तरीमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो


टुडेपाटी

जनकपुरधाम, पुस ५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा जनकपुरसहित प्रदेश–२ का आठवटै जिल्लामा नेकपा, कांग्रेस, जसपासहित विभिन्न पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीले संविधान विरोधी, अलोकतान्त्रिक र तानाशाही निर्णय गरेको भन्दै नेकपासँगै कांग्रेस तथा जनता समाजवादी पार्टीका नेताकार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

जनकपुरमा प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले सरकारविरुद्ध मोटरसाइकल र्‍यालीसँगै नाराबाजी गरेका थिए । उनीहरूले ‘तानाशाही बन्द गर’, ‘संसद् विघटनको निर्णय फिर्ता लेउ, लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए ।

र्‍यालीपछि जनक चोकमा आयोजित कोणसभामा बोल्दै युवासंघका नेता कार्यकर्ताले जनादेशलाई लत्यउँदै संसद विघटन गर्ने नेकपाका अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन् ।

Sponsored

सप्तरीको राजविराजमा प्रधानमन्त्रीको निरंकुश कदम भन्दै नेकपाकै कार्यकर्ताले पुत्लासमेत जलाएका छन् । यस्तै, सिरहा, जनकपुर, बर्दिबास, मंलगवा, कलैया, वीरगञ्जमा समेत नेकपासँगै उसका जनवर्गीय संगठन, जसपा र कांग्रेसका स्थानीय नेताकार्यकर्ताले समेत विरोध प्रदर्शन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *