जनकपुरमा युवासंघको प्रदर्शन, ओलिलाई पार्टीबाट निस्कासन गर्न माग
टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटन विरुद्ध जनकपुरमा युवासंघले प्रदर्शन गरेको छ । नेकपाको प्रदेश २ पार्टी कार्यालयबाट निस्केको युवासंघको विरोध मोटरसाइकल र्याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओली विरुद्ध निकालेको र्याली जनकचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवासंघका नेता कार्यकर्ताहरुले जनादेशलाई लत्यउँदै संसद विघटन गर्ने नेकपाका अध्यक्ष ओलिलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन् ।
कोणसभामा युवा संघका केन्द्रिय सदस्य अनिल पाशवान, धनुषा अध्यक्ष सरोज यादव, युवासंघका दीपक पटेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।