TodayPati

राष्ट्रपतिद्धारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

टुडेपाटी

काठमाडौँ, पुस ५ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

Sponsored

राष्ट्रपति भण्डारीले संसद् विघटन गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गरेकी छिन्।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ चुनावको मिति तोकेकी हुन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले सदर गरेसँगै संसद विघटन भएको छ। संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

Sponsored

तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *