संसद विघठनको प्रस्ताव लिएर विद्या भण्डारीलाई भेट्न पुगे ओली
टुडेपाटी
काठमाडौँ, पुस ५ गते ।
प्रधानमन्त्री केपी ओली मन्त्री परिषदले सिफारिस गरेको संसद विघटनको प्रस्ताव लिएर राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।
प्रस्ताव अनुमोदनकालागि उनी राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।
आज विहानै प्रधानमन्त्री ओलीले ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् ।
Sponsored
त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ ।
अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।