TodayPati

टर्कीमा अस्पतालको अक्सिजन मेसिन विस्फोट हुँदा भीषण आगलागी, ९ बिरामीको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, पुस ४ गते ।

टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत ९ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्यमन्त्री फारेटिन कोकाले बताएका छन् ।

Sponsored

कोकाले शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।

गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो ।

घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।

Sponsored

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *