TodayPati

जनकपुरमा राम र जानकीको स्वयम्बर सम्पन्न (फोटो फिचर)


टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनकपुरको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा भगवान राम र सीताको स्वयम्बर भएको छ । डोलाफेर गरी आज त्रेता युगमा जस्तै जनकपुरमा राम र सीताको स्वयम्बर भएको हो ।

राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी किर्तन, बाजागाजासहित निस्केर बाह्रविघाम मैदानमा पुगेपछि डोला फेर गरी स्वयम्बर हुने गर्दछ ।

Sponsored

बाह्रविघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजरौंको संख्यामा यसवर्ष पनि श्रद्धालुभक्तजनहरुको घुइँचो लागेको थियो । बाह्रविघामा स्वयम्बर पश्चात निस्केको दुबै डोल जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ ।

साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको विवाहको काज सुरु हुने छ । त्यहाँ हजारौं श्रद्धालुहरु रातभर जग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् ।

मिथिालको वैदिक परम्परा अनुसार विवाह गरिन्छ । जहाँ सुमधुर गीतसंगीत झाँकी र मिथिलाको गाली गीत जन्तीलाई सुनाएर मजाक गर्ने तथा रमाउने गर्दछन् ।

Sponsored

भिडियो हेर्नुहोस्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *