जाडो र कोरोनाले जनकपुरमा विवाहपञ्चमी महोत्सव उदास
टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।
कोरोना महामारी र अत्यधिक चिसोको कारण यसपटकको विवाहपञ्चमी महोत्सव प्रभावित भएको छ । चिसो र कोरोनाको कारण शनिबार जनकपुरधाममा भइरहेको विवाहपञ्चमी महोत्सव श्रद्धालुक्तजनको न्युन उपस्थितिले उदास बनेको हो।
शनिबार बिहानैदेखि जनकपुर लगायत तराई मधेशमा बाक्लो हुस्सु लाग्नुको साथै सीतलहर चलेको छ । अत्यधिक चिसोको कारण ग्रामिण भेगबाटै सर्वसाधारण न्युन संख्यामा मात्र सहभगि हुने क्रम जारी छ ।
कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै स्थानीय प्रशासनले विवाहपञ्चमीमा बढी भिडभाड नगर्न भनेको छ । यस्तै महिनौदेखि बन्द नेपाल भारतसीमा नाकाका खुल्न नसक्दा भारतबाट लाखौंको संख्यामा आउने श्रद्धालुभक्तजन समेत व्यापक संख्यामा सहभागि हुन सकेका छैनन् । भारतको अयोध्याबाट आउने साधुशन्तको जन्ती समेत यसवर्ष आउन नसकेको हो ।
विगतका वर्षहरुमा लाखौंको संख्यामा श्रद्धालुभक्तजनहरुले जनकपुर खचाखच भरिन्थ्यो । तर यसवर्ष निकै न्युन संख्यामा श्रद्धालुक्तजनको सहभागिता भएपछि विवाहपञ्चमी खल्लो जस्तै बनेको छ । आएका श्रद्धालु भक्तजनको बसोबास तथा व्यवस्थापनको लागि प्रदेश २ सरकार, जनकपुरधाम उपमहानगरपालिका, वृहत्तर क्षेत्र विकास परिषद मतलब गरेको छैन । जाडोमा आगो ताप्ने दाउरा र बस्ने टेन्ट नहुँदा विवाहपञ्चमीमा टाढाबाट सहभागि हुन आएका साधुशन्त समस्यामा परका छन् ।
सप्ताहव्यापी विवाहपञ्चमीको छैठौं दिन आज राम र जानकीको डोला फेर गरी बाह्रविघा रंगभूमि मैदानमा सोयम्बर हुने छ भने राति जानकी मन्दिर प्रांगणमा विधिविधान पूर्वक विवाहको काज हुने छ ।
भोलि राम कलेवा गरी विवाहपञ्चमी विधिवत समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए । त्रेता युगमा राजमसीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
Sponsored