TodayPati

विवाहपञ्चमीको अवसरमा जनकपुरको सुरक्षा व्यवस्था कडा, १५ सय प्रहरी परिचालन

टुडेपाटी-
जनकपुरधाम, पुस २७ गते ।

आज हुन गइरहेको सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कुनै प्रकारको अप्रिय घटना हुन नदिन व्यापक संख्या जनकपुर नगर क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जनकपुरमा एकहजार नेपाल प्रहरी र ५ सय सशस्त्र प्रहरी गरी १५ सयको संख्यामा प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनुभयो । उनका अनुसार जनकपुरको प्रत्येक चोक र भीडभाड हुने ठाउँमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

Sponsored

विवाहपञ्चमी अवलोकनको लागि बाहिरबाट हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *