TodayPati

प्रचण्ड विरुद्ध ओलीको ‘मास्टरस्ट्रोक’, सभामुख सापकोटा विरुद्धको हत्या मुद्दामा पेशी तोकियो

टुडेपाटी

काठमाडौँ, पुस ३ गते ।

नेपाल कमयुनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला सभामुख अग्नि प्रसाद सापकोटा विरुद्धको हत्या मुद्दाको पेशी तोकिएको छ ।

Sponsored

द्वन्द्कालमा हत्या गरिएका काभ्रको अर्जुन लामाको श्रीमती पूर्णिमा लामाले सापकोटा विरुद्ध जाहेरी दरखास्त गरी पाउँ भनेर दिएको निवेदन संबैधानिक इजलासमा पेशी तोकिएको हो ।


प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराका सहितको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा सहितको पाँच जना न्यायाधीशहरुको संबैधानिक इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

मृतककी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटासहित माओवादी नेता कार्यकर्ता विरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलाशले कारण देखाऊ आदेश जारी गर्दै हत्याको छानविन गर्न आदेश दिएको थियो ।

Sponsored

तर, सो विषय द्धन्द्धकालीन विषय भएकाले प्रहरीले छानविन गरेपनि अदालतमा नेता सापकोटा विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छैन । यसअघि अग्नी सापकोटा सभामुख बन्ने बेलामा पनि उनको मुद्दामा सर्वोच्चले संबैधानिक इजलासमा पेशी तोकिएको थियो ।

सभामुख सापकोटा प्रचण्ड समुहका नेता हुन् । उनको पेशी तोकिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको चालजबाजी रहेको राजनैतीक वृतमा चर्चा छ । अदालतलाई समेत प्रभावमा पारि नेताहरुलाई तर्साउन उनले यो मास्टरस्ट्रोक खेलेको बताइन्छ ।

विधि र पद्धती अनुसार नचलेको भन्दे पदबाट राजीनामा गराउने मनस्थितीमा पुगेका नेताहरुलाई प्रधामन्त्री ओलीले भ्रष्टाचाचार मुद्दामा कानुनी पेचमा फसाइदिने उनको रणनीति रहेको नेकपाका नेताहरु बताउँछन् ।

सोही अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल विरुद्ध मुद्दा चलाउने उनले धम्की दिँदै आएको नेकपा स्रोतको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *