TodayPati

विवाहपञ्चमीको चौथो दिन जनकपुरमा तिलकोत्सव मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, पुस २ गते ।

कोरोना कहरबीच सुरु भएको विवाह पञ्चमीको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै छ । गएको सोमबारदेखि सुरु भएको विवाह पञ्चमी आइतबार सम्म मनाइने छ ।

त्रेता युगमा जनकपुरमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी विवाह पञ्चमी मनाइने परम्परा रहँदै आएको हो ।

Sponsored

विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि समापन भएको छ भने बिहीबार चौथो दिन तीलकोत्सव मनाइँदै छ ।

त्यस्तै भोलि पाँचौ दिन मटकोर र छैठो दिन पुस ४ गते रामसीता स्वयंवर तथा विवाह गर्ने कार्यक्रम छ ।

अन्तिम दिन पुस ५ गते रामकलेवा विधि पश्चात विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुनेछ ।

Sponsored

विगत एक वर्षदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्ष विवाह पञ्चमी महोत्सव प्रभावित भएको छ । अन्य वर्षहरु झै यो वर्ष भारतको अयोध्याबाट जन्ती समेत आउने कार्यक्रम छैन ।

तलकोत्सव विधि किन मनाइन्छ ?

त्रेता युगमा राज जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।

उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् । जसलाई मिथिलाञ्चलमा सम्धी मिलन भनिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *