TodayPati

श्रीराम सुगर मिलले भोलिदेखि बाँकी रकम किसानको खातामा पठाउने

टुडेपाटी-
काठमाडौं, पुस २ गते ।

उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको रौतटकको गरुडास्थित श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् ।

Sponsored

किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले शुक्रबारदेखि नै किसानको खातामा पठाउन थाल्ने अग्रवालले बताए ।

श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालको भनाइ छ ।

उखु किसानहरु बक्यौता रकम असुल गरिदिन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले हरेक दिन माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Sponsored

अघिल्लो वर्ष पनि यही समय काठमाडौं आइपुगेका किसानलाई सरकारले रकम असुल गरिदिने बाचा गरेको थियो । तर सबै रकम नपाएपछि किसानहरु दोश्रो पटक काठमाडौं आइपुगेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *