चौतर्फी आलोचनापछि जारी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत
टुडेपाटी-
काठमाडौं, पुस १ गते ।
चौतर्फी आलोचना भएपछि संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओली फिर्ता लिन सहमत भएका छन् । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको एक नेताले बताए ।
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो ।
ओली र दाहालबीचको दोस्रो चरणको वार्तामा महासचिव विष्णु पौडेल र नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी थिए ।
नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरेर सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।