TodayPati

सीमानाका खुलाउन माग राख्दै सर्लाही जिल्ला बन्द

टुडेपाटी-
सर्लाही, पुस १ गते ।

नेपाल भारत सीमा नाका खुलाउन माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।

भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।

उनका अनुसार जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेका थिए । उनको आह्वान बमोजिम जिल्लाका सम्पूर्ण पसल बन्द गरिएको छ ।

Sponsored

यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ ।

सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको छ ।

संघर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना अनुसार निर्माण गर्नुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नगरवस्तीमा नाला बन्नुपर्ने र भारतसँगको सीमा खोल्नुपर्ने माग आफूहरुलाई उठाउँदै आएको बताए ।

Sponsored

माग पूरा नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सदरमुकाम तथा दक्षिणी भेगमा देखिएपनि उत्तरी क्षेत्रमा पसल र यातायात खुल्ला नै रहेको छ ।

जिल्लामा सीमा खोल्न आन्दोलन सुरु भएपछि नै जिल्ला प्रशासन कार्यालयले सीमा खोल्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको सलाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

उनका अनुसार सबै कुरा सामान्य अवस्थामा फर्किँदा सीमा बन्द गर्नुपर्ने औचित्य नभएको भन्दै गृहमन्त्रालयमा पत्र पठाइसकेका छौं । हालसम्म उताबाट कुनै जवाफ आउन नसकेकोले सीमा खोल्न नमिलेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *