TodayPati

विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा धनुष यज्ञ मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, पुस १ गते ।

रामजानकी विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।

जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन मंगलबार फुलबारी लिला सम्पन्न भइसकेको छ ।

Sponsored

चौथो दिन भोलि पुस २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते आइतबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *