TodayPati

वार्ताका लागि मन्त्रालयले पठायो आन्दोलनरत उखु किसानलाई पत्र, सरकारसँग किसानको २ बुँदे सर्त

टुडेपाटी-
काठमाडौं, मंसिर ३० गते ।

तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले सर्त राखेको हो ।

मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने आफूहरुको सर्त भएको संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

Sponsored

गत वर्ष पनि सर्लाहीका उखु किसानहरुले काठमाडौंमा भुक्तानी माग गर्दे आन्दोलनमा उत्रिएपछि सरकारले पैसा दिने आश्र्वाशन दिएका थिए । तर, समयमै बाँकी बक्यौता नदिएपछि पुनः किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *