TodayPati

कोरोना संक्रमण कम भएको होइन, परीक्षण नै धेरै हुँदैन

टुडेपाटी

जनकपुरधाम, मंसिर ३० गते ।

कोभिड–१९ को पीसीआर परीक्षण कम हुँदा संक्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम भएको हो ।

Sponsored

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार ४ सय २३ जनामा गरिएको परीक्षणमा ८ सय २१ जनामा संक्रमण देखिएको छ । आइतबार ५ हजार १ सय ८१ नमुना परीक्षण गर्दा थप ८ सय ३० जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शंका र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले संक्रमित दर घटेको बताए । उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *