TodayPati

सप्तरीमा माछा मार्ने विषयमा दुई पक्षबिच झडप, एक महिलाको मुत्यु, चार जना घाइते

शुभ नारायण यादव

सप्तरी, मंसिर २९ गते ।

सप्तरीमा माछा मार्ने बिषयमा दुई पक्ष बिच भएको झडपमा एक महिलाकाे मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा न.–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
छपकी पोखरीमा माछा मार्ने विषयमा गएराति भएको झडपमा स्थानीय ४० वर्षीया गंगीया देवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ । यता झडपमा टाउकोमा बन्चरो लागेर मण्डल घटनास्थलमै ढलेर मृत्युु भएको स्थानीयबासिहरुले बताएका छन् ।

Sponsored

यसैगरी साेहि झडपमा सोही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् ।

गम्भीर चोट लागेका तीनैलाई उपचारको लागि विराटनगरस्थित न्यूरो शिक्षण अस्पताल पठाइएको छ भने जोगिन्द्रको बोदे बरसाईनस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता झडपमा संलग्न अर्को पक्षका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँका ४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यता साे घटनाबारे अावश्यक थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *