TodayPati

रामजानकी विवाहपञ्चमी सुरु: आज पहिलो दिन राम र लक्ष्मणको नगरदर्शन

टुडेपाटी-
जनकपुरधाम ,मंसिर २९ गते ।

प्रत्येक वर्ष भव्यतासाथ मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । सातदिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको मुख्यदिन पुष ४ गते रहेको छ ।

महोत्सवको पहिलो दिन आज भगवान राम र लक्ष्मणको प्रतिकलाई जनकपुर नगर घुमाएर नगर दर्शन गरिँदै छ ।

Sponsored

दोश्रो दिन भोलि मंग्लबार फूलबारी लीला, तेस्रो दिन बुधबार धनुष यज्ञ, चौथो दिन बिहीबार तीलकोत्सव, पाँचौदिन शुक्रबार मटकोर र छैठो दिन शनिबार रामजानकीको स्वयंवर तथा विवाहको कार्यक्रम रहेको छ भने अन्तिम सातौं दिन आइतबार राम कलेवा गरी सम्पन्न हुने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

कोरोना महामारीको संक्रमणको कारण यसपटक विवाहपञ्चमी महोत्सवको खासै तयारी देखिएको छैन । यसपटक अयोध्याबाट साधुशन्तको जन्ती समेत नआउने मन्दिरका महन्त रामतपेश्वर दासले बताए । उनका अनुसार प्रशासनको आग्रहमा बढी भिडभाड नगरी विधिवत रुपमा विगतको रामसीताको वैवाहिक कार्यक्रमलाई निरन्तरता दिइ महोत्सव मनाइने छ ।

सीताराम विवाह महोत्सवमा भगवान राम अर्थात दुल्हा पक्षका नेतृत्व राम मन्दिरले गर्ने छ भने जानकी अर्थात दुल्ही पक्षको नेतृत्वमा जानकी मन्दिरले गर्ने छन् । रामसीताको स्वयम्बर कार्यक्रम रंगभूमि मैदान बाह्रविघामा हुने गर्दछ ।

Sponsored

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ ।

विवाहपञ्चमी महोत्सव अवलोकन गर्न प्रत्येक वर्ष नेपालको विभिन्न भाग तथा छिमेक देश भारतबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजन जनकपुर आउने गर्दछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *