भारतमा व्यवसायमैत्री वातावरणका लागि उत्साहपूर्ण अवसर : भारतीय प्रधानमन्त्री मोदी
टुडेपाटी-
नयाँ दिल्ली, मंसिर २५ गते ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गरेका छन् ।
‘यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन् । यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्,ू प्रधानमन्त्री मोदीले फोरमलाई भने ।
भारतसँग व्यापारमैत्री वातावरण रहेको र यसले ठूलो बजार प्रदान गर्ने दावी गरे । ‘सरकारले भारतलाई रुचाएको वैश्विक लगानीको गन्तव्य बनाउन कुनै कसर छोड्ने छैन्,’ उनले थपे ।
कोरोना भाइरस महामारीले खडा गरेको ठूलो चुनौतीू हुँदाहुँदै पनि भारतले यस कठिन समयको अवधिमा एक असाधारण उदाहरण प्रस्तुत गरेको मोदीले बताएका छन् । प्रधानमन्त्री मोदीले विश्वयुद्धपछिको युगलाई कोरोना महामारीले ठूलो पाठ सिकाएको बताए ।
Sponsored
‘मलाई लाग्छ दोस्रो विश्वयुद्ध पछि भएका ऐतिहासिक पुनर्निर्माण प्रयासहरूले हामीलाई धेरै पाठ सिकाउन सक्छ । विश्व युद्धपछि, सम्पूर्ण विश्वले नयाँ विश्व क्रममा काम गर्यो,’ उनले थपे, ‘ नयाँ प्रोटोकल विकसित भयो र विश्व पनि परिवर्तन भयो । कोभिड–१९ ले पनि हामीलाई त्यस्तै मौका दियो । प्रत्येक क्षेत्रमा नयाँ प्रोटोकलहरू विकास गर्ने अवसरहरु रहेका छन ।’
भारतीय प्रधानमन्त्री मोदीले महामारीको क्रममा टेक्नोलोजीले पनि काममा निरन्तरता कायम गर्न सहयोग गरेको उल्लेख गरे ।