TodayPati

जनकपुरमा आमाछोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड व्यापारी विरुद्ध मुद्दा दायर

टुडेपाटी-
जनकपुरधाम, मंसिर २४ गते ।

जनकपुरमा श्रीमती–छोरीलाई एसिड छ्याप्ने र एसिड बेच्ने व्यवसायीमाथि मुद्दा दायर भएको छ । श्रीमती र छोरीमाथि माथि एसिड प्रहार गर्ने धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साह र एसिड बेच्ने जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहविरुद्ध बुधबार जिल्ला अदालत धनुषामा मुदा दायर भएको हो ।

सरकारी वकिलको कार्यालय धनुषाले दुवैजनामाथि कानुन बमोजिम १५ वर्ष ६ महिना कैद, क्षतिपूर्ति तथा उपचार खर्च माग गर्दै मुदा दायर गरेको हो ।

Sponsored

एसिड प्रहरी गरी अंगभग गरेको कसुरमा ५ वर्ष, शरीर कुरुप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गराइएको जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायधिवक्ता सिताराम अर्यालले बताए । उनका अनुसार कानुन अनुसार उपचार खर्च र क्षतिपूर्ति समेत उपलब्ध गराउन अभियोगमा माग गरिएको छ ।

गएको कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम–७ स्थित डेरामा बसेकी २१ वर्षीया आरती साह र छोरी रिया साहलाई सञ्जिवले एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट आरतीको शरीरको १५ प्रतिशत भाग जलेको थियो । उनको काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । छोरी रियाको हातमा र टाउको एसिडले खत बसेको छ ।

Sponsored

घटना लगतै संजिव पक्राउ परेका थिए भने भोलि पल्ट संजिवलाई एसिड बेचेका व्यवसायी जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहलाई ५८ बोतल एसिड सहित प्रहरीले पक्राउ गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *