प्रदेश २ मा कोरोनबाट थप दुईजनाको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, मंसिर २४ गते ।
कोरोना संक्रमणबाट प्रदेश २ मा थप दुईजना ज्यान गएको छ । सिराहाको लहान नगरपालिका २४ की ६१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंसिर २२ गते राति उनको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको बुधबार निर्देशनालयले जारी गरेको सूचनामा जनाइएको छ ।
यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका १२ का ७४ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्य भएको छ । एनएमसीद्वारा संचालित बाबा होटलको आइसोलेसनमा उपचारको क्रममा ती वृद्धको मंसिर २० गते नै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।