TodayPati

जनकपुरधामका मेयर साह सेल्फीमा व्यस्त, उपमेयर मिश्रको मोबाइल आतङ्क

सुजीतकुमार झा-
जनकपुरधाम, फागुन २१ गते ।

तस्वीरमा देखिएको दृश्य जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीताकुमारी मिश्रको हो ।

उपमहनगरपालिकाका लागि स्वास्थ्यकर्मीका लागि लिइएको लिखित परीक्षा अनुगमनमा पुगेका मेयर र उपमेयर लामो समय परीक्षा हलमा बसे ।

Sponsored

उपमेयर मिश्र परीक्षा हलमै लामो समय हाँसीहाँसी कुरा गरिरहेकी थिइन् भने मेयर कक्षा कोठमा यताउति घुमिरहे । निकैबेर हलमा बसेका उनीहरूले अन्त्यमा हलअघि बसेर विभिन्न पोजमा फोटो खिचाए र बाहिरिए ।

अनुगमनका लागि याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा पुगेकी उपमेयर मिश्रले परीक्षा हलको मर्यादाभन्दा मोवाइलको कुराकानीलार्ई महत्त्व दिइन् ।

उनको टेलिफोनले निकै समस्या भइरहेको तर उनले हाँसीहाँसी निकैबेर मोवाइलमा कुराकानी गरेको परीक्षा दिइरहेका एक परीक्षार्थीले बताए । ‘हाम्रो समस्यालाई उहाँले महत्त्व नै दिनुभएन,’ ती परीक्षार्थीले भने ।

Sponsored

आफूले पढेका, बुझेका कुरालाई प्रभावकारी रूपमा उत्तरपुस्तिकामा उतार्न परीक्षा हलको वातावरण शान्त र व्यवस्थित हुन आवश्यक भएको र जब वातावरण खलबलिन्छ, तब परीक्षार्थीको दिमाग पनि खल्बलिन र अशान्त हुन पुग्नेे परीक्षार्थीले गुनासो गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि केही महिनादेखि परीक्षाको अनुगमनमा जाँदा प्रत्येक हलमा फोटो सेसन गराउने गर्छन् । मेयर साहसँग जुन बेला पनि २ जना फोटोग्राफर हुन्छन् ।

३ दिनअघि लिइएको परीक्षाको अनुगमनमा उपमेयर मोवाइलमा कुराकानी गरिरहेकी थिइन् भने मेयर फोटो सेसनमा व्यस्त थिए ।

यो अवस्था जनकपुरधाम उपमहानगरपालिको मात्र छैन, अधिकांश स्थानीयतहमा यसप्रकारको अनुगमनको क्रममा देखिन्छ ।

कुनै परीक्षा हुँदा अवलोकन र अनुगमनको नाममा जनप्रतिनिधिको हुल परीक्षा हलमा देखिने गरेको छ ।

परीक्षाको मर्यादा नाघेर जनप्रतिनिधिले सेल्फी लिने र फोटो सेसन गर्ने गरेका छन् । नयाँ मान्छे परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थी डराउने गर्छन् ।

‘अनुगमनको नाममा विद्यार्थीलाई हतास बनाउने काम कहीँबाट हुनुहुँदैन,’ नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादव भन्छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *