राजावादीको प्रदर्शन र नेकपामा किचलोकाबीच प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
टुडेपाटी
काठमाडौँ, मंसिर २२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्।
राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ।
सर्वदलीय बैठकबारे धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियोु, रिमालले भने, बैठकका लागि प्रधानमन्त्रीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितसँग आवश्यक परामर्श गरिरहनु भएको छ।
Sponsored
रिमालले सर्वदलीय बैठक बोलाउनुपर्ने विषयबारेमा केही बोलेनन्। विषयबारेमा भरेसम्ममा टुंगो लाग्छ, यसबारे हामी जानकारी गराउँछौँ, उनले भने, प्रधानमन्त्री अहिले परामर्शमै रहनु भएकाले थप कुरा बैठकको मिति र विषय तय भएपछि थाहा हुनेछ।