TodayPati

नवनिर्वाचित राष्ट्रियसभाका १८ जना सांसदले लिए शपथ

टुडेपाटी-
काठमाडौं, फागुन २१ गते ।

नवनिर्वाचित राष्ट्रियसभाका १८ जना सांसदको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नयाँ बानेश्वरस्थित सङ्‌घीय संसद् भवनको ल्होत्से हलमा बुधबार बिहान आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Sponsored

शपथग्रहण समारोह करिब १३ मिनेटसम्म चलेको थियो । शपथग्रहणपछि नवनियुक्त सदस्यहरुलाई संविधान, ऐन, कानुनलगायत दस्तावेज भएको झोला हस्तान्तरण गरिएको थियो ।

शपथग्रहण लिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सांसद रहेका छन् ।

नेकपाका इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गङ्‌गाकुमारी बेलबासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायण काजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले शपथ लिएका जनाएको छ ।

Sponsored

यसैगरी राजपाबाट शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले पनि शपथ लिएका छन् । उनीहरु दुवैजनाले मैथिली भाषामा शपथ लिएका थिए ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनमा उनीहरु निर्वाचित भएका थिए ।

राष्ट्रपतिबाट मनोनित हुने एक जनाको चयन हुन भने बाँकी रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *